शुक्रबार, साउन ८, २०८३

पर्यटक तान्दै ग्राउन्डेड जहाज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- सन् २००६ मा सञ्चालनमा आएर सन् २०१२ मा  बन्द भएको अग्नि एयरका जहाज त्यत्तिकै थन्किए। मान्छे बोक्न छाडेका अग्निका यी दुई जहाजले पर्यटकको मन भने आकर्षित गर्दैछन्। 
मोरङ र झापाका दुई पर्यटकीय केन्द्रले यी जहाजलाई ल्याएपछि पर्यटकीय आकर्षण बढेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ को गोकुलम रिसोर्ट र झापाको सुरुंगामा रहेको ह्याप्पी ल्यान्डले एकएकवटा जहाज प्रदर्शनका लागि राखेका छन्। 

झापाको कन्काई नगरपालिका–३ मा पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटरभित्र रहेको ह्याप्पी ल्यान्ण्ड ४ बिघा २ कट्ठामा फैलिएको छ ।  जहाज राखेपछि सबैको आकर्षण बढेको सञ्चालक दिनेश शिवाकोटीले बताए ।
 
भतिजा मनोज शिवाकोटीसँगको साझेदारीमा २०७४ पुस २७ गते उद्घाटन गरिएको यो पर्यटन क्षेत्रमा जहाजले नयाँपन दिएको शिवाकोटीको अनुभाव छ । उनी भन्छन्, ‘यहाँ दैनिक थोरैमा तीन सयदेखि धेरैमा २७ हजारसम्म आगन्तुक आएको रेकर्ड छ । जहाज अगाडि बसेर तस्बिर खिच्नेहरू थुप्रै छन् ।’

पूर्वी नेपालका विभिन्न जिल्लासहित भारत बिहार र पश्चिम बंगालबाट पर्यटक आउने गरेको सञ्चालक बताउँछन् ।  ह्यापी ल्यान्डमा १० करोड हाराहारी लगानी भएको जानकारी दिँदैसञ्चालक शिवाकोटीले जहाजको दाम भने गोप्य राखेका छन् । धेरैले चासो दिएको जहाजभित्र आर्ट ग्यालरी राख्ने तयारी भइरहेको छ । 

अग्नि एयरकै जहाज ल्याएका मोरङको गोकुलम रिसोर्टका सञ्चालक गिरीश दंगालले पनि जहाजको दाम भन्न चाहेनन् । जहाजको कारणले पर्यटक बढेको उनी बताउँछन् । 

‘हाम्रो रिसोर्ट इटहरीमै जोडिएको छ, विराटनगर र धरान जस्ता पूर्वका मुख्य सहरबाट धेरै टाढा छैन’, दंगालले भने, ‘जहाज आएपछि यो हेर्न आउने बढेका छन्।’

२०७३ वैशाख १ गतेदेखि सञ्चालनमा आएको गोकुलम रिसोर्टले दुई महिनाअगाडि ग्राउन्डेड जहाज ल्याएको हो । साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा जहाज आएपछि बालबालिका, युवादेखि वृद्धसम्म आकर्षित भएको दंगाल बताउँछन। १५ करोड बढी लगानीमा सञ्चालन भएको रिसोर्टमा दैनिक न्यूनतम एक हजार पर्यटक पुग्छन् । गोकुलममा जहाजको इन्स्टलेसन भने बाँकी छ। 

जहाजको इन्स्टलेसनपछ कुन रूपमा प्रयोग हुने निर्णय गरिने रिसोर्टका सञ्चालक दंगाल बताउँछन्। उनी भन्छन्, ‘क्याफे, रेस्टुरेन्ट, म्युजियमजस्ता थुप्रै प्रस्ताव आएका छन् । सबैभन्दा राम्रो कुन हुन्छ त्यसैमा होमवर्क गरेर जहाजको प्रयोग हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।