शनिबार, साउन ९, २०८३

काठमाडौंमा आज वर्षकै धेरै चिसो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंमा दिनानुदिन चिसो बढ्दै गएको छ। आज यस वर्षकै धेरै चिसो भएको छ। शनिबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो। 

यसअघि २० कार्तिकमा तापक्रम घटेर ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो त्यसपछि क्रमश तापक्रम बढेर न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस पुगेको थियो।  जुम्लाको तापक्रम भने माइनस २ दशमलव ५ डिऊ्री सेल्सियस पुगेको छ। 

मौसम सफा भएकाले यो वर्ष सँधैभन्दा छिटै देशभरी कै न्यूनतम तापक्रम घटेको मौसमविद्हरुले बताएका छन्।

राति मौसम सफा हुँदा जमीन चिसो हुने भएकाले तापक्रम घटेको हो । तत्काल पानी पर्ने संभावना नभएको जनाइएको छ।

आज बिहान सुुर्योदय ६ बजेर २६ मिनेटमा भयो भने ५ बजेर ११ मिनेटमा सुर्यास्त हुनेछ। 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।