शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कात्तिक ३० गते बिहीबार कहाँ के- के भयो? अब थाहा पाउनुहोस्, नेपाल समयको दिनभरी।

राजधानीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सबै इन्चार्ज फेरिने

राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि प्रहरी मुख्यालयले सबै युनिटका इन्चार्ज परिवर्तन गर्न लागेको छ। 

कटेजभित्र के पकाउँदैछन् कांग्रेसका नौ भाइ 

नेपाली कांग्रेसका युवा नेताहरू आफ्ना अवधारणा महासमिति बैठकमा एकमुष्ट रूपमा अघि बढाउन राजधानीको तीनकुनेस्थित सिद्धार्थ कटेजमा भेला भएका छन्।

'ओली हिटलर बन्दैछन्'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओली हिटलर बन्न खोजेको आरोप लगाएका छन।

निर्मला हत्याकाण्ड : पछिल्लो पटकको डिएनए पनि मिलेन

प्रहरीले निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा शंकास्पद भन्दै चारजनाबाट गरिएको डिएनए परीक्षण पनि म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

चीनसँग किन त्रसित छ श्रीलंका

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले केही समयअघि श्रीलंकाली राष्ट्रपति सिरिसेनालाई भनेका थिए, ‘चीनले कर्जा कूटनीति अघि बढाएर श्रीलंकालाई ऋणमा डुबाइरहेको छ, खबरदार !’ उनको यस भनाइले हिन्द महासागरीय क्षेत्रका मुलुकहरूमा अमेरिकाको रणनीतिक दबाब रहेको प्रस्ट हुन्छ।

इन्जिनियर छाडेर बाख्रापालन : बर्सेनि २० लाख बचत 

२०७३ सालदेखि बाख्रापालन सुरु गरेका रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ बेताहानीका सन्दीप खनाल र सञ्जय खनालले अहिले घर कम्पाउन्डभित्रै वर्षको २० लाख बचत गर्छन्। देहरादुनको नीति विश्वविद्यालबाट सफ्टवेयर इन्जिनियरिङ गरेका सन्दीपले बाख्रापालन सुरु गर्दा उनको परिवारमा रुवाबासी चलेको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ। विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच-पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ ।

अब बेलुनमा उडेर पोखरा घुम्‍न पाइने

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ। 

माइक्रो चालक र सहचालकले पनि फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

उपत्यकाको विभिन्न स्थानमा चल्ने साना तथा मझौला माईक्रो बसका चालक र सहचालकले मंसिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरोसेन्ट (टल्किने) ज्याकेट लगाउनुपर्ने भएको छ।

शिशु जन्मिए सहकारीमा पाँच हजार

दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ। बालबालिकाको भविष्य सुनिश्चित गर्ने लक्ष्यअनुरुप गाउँपालिकाले महिला सहकारीमार्फत ‘जीवन सुरक्षा कोष’कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।

निजी क्षेत्रमा लगानी नगरे आर्थिक विकास असम्भव

अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)ले निजी क्षेत्रमा लगानी नगरे नेपालको आर्थिक विकास नहुने बताएको छ। त्यसको लागि निजी क्षेत्रमा लगानी बढाउन जाेड  दिइएको छ।

विवाह मण्डपमा यस्ता देखिए रणवीर र दीपिका

चर्चित बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणले विवाह मण्डपमा सजिएको फोटो सार्वजनिक गरेका छन् । गोप्य रुपमा वैवाहिक बन्धनमा बाँधिएका उनीहरुले पहिलो पटक फोटो सार्वजनिक गरेका हुन् ।
  
डिपिएलको मिति घोषण, मुख्य प्रायोजकसँग हस्ताक्षर

तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको मिति घोषणा भएको छ । तेस्रो संस्करणको डिपिएल माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको प्रतियोगिताका निर्देशक सुवास शाहीले एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिए । 

विराट र रोहितको कीर्तिमानी तोड्ने मिताली

पछिल्लो समय भारतका लागि मात्र नभई विश्व क्रिकेटमा नै निकै चर्चामा रहेको क्रिकेट खेलाडी हुन् विराट कोहली। विरटसँगै अर्का भारतिय खेलाडी हुन् रोहित शर्मा।

बेलायतको मूद्राको मूल्यमा सकारात्मक प्रभाव

बेलायतको मन्त्रीपरिषद्ले ब्रेजिक्टसम्बन्धी सम्झौताको मस्यौदा पारित गरेपछि त्यसले अर्थतन्त्रमा समेत प्रभाव पारेको छ। मुलुकको मुद्रा मुल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ। शुक्रबार बेलायती मुद्रा पाउण्डको मुल्यमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन्। 

खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएका छन्। कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठहर गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।