सोमबार, चैत २, २०८२

बेलायतको मूद्राको मूल्यमा सकारात्मक प्रभाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लण्डन- बेलायतको मन्त्रीपरिषद्ले ब्रेजिक्टसम्बन्धी सम्झौताको मस्यौदा पारित गरेपछि त्यसले अर्थतन्त्रमा समेत प्रभाव पारेको छ। मुलुकको मुद्रा मुल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ। शुक्रबार बेलायती मुद्रा पाउण्डको मुल्यमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन्।

त्यसैगरी तेलको मुल्य पनि फेरी एक पटक बृद्धि भएको छ, तर शेयर बजारमा भने भिन्नभिन्न नतिजा देखिएको छ। सरकारी अधिकारीहरुले झण्डै ०.३५ प्रतिशतले मुद्राको मूल्यमा वृद्धि भएको जनाएका छन्। यो उतारचढाव विगत दुई बर्ष यताकै सवैभन्दा धेरै भएको बताइएको छ। 

सरकारले पारित गरेको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका मन्त्रीहरुले नै राजीनामा दिइरहेका बेला मुद्रा मुल्य भने बढेको हो। ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

उहाँले मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ। यसअघिका डेभिड डेभिसले राजीनामा दिएपछि राब केही महिना अगाडि ब्रेक्जिट मामिला मन्त्रीमा नियुक्त भएका थिए।

त्यसैगरी यही सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले उत्तरी आयरल्याण्डको राज्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनीहरुसहित अन्य कैयौँ मन्त्रीले पनि मस्यौदाप्रति असहमति जनाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। 

मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि राजीनामा दिने दबाव परेकाले मन्त्रिपरिषद् नै अप्ठ्यारोमा पुगेको छ। तर प्रधानमन्त्री थेरेसा मेले भने ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको र राष्ट्रको हितमा रहेको दाबी गर्नुभएको छ।

लामो समयदेखिको पटकपटकका छलफलपछि युरोपेली सङ्घबाट बेलायत बाहिरिनेसम्बन्धी सम्झौताको मस्यौदा बेलायतको मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो। 

महिनौँदेखि अन्योलमा रहेको सम्झौताबारे बेलायतको मन्त्रिपरिषद्ले पारित गरेको ब्रेक्जिट सम्झौतासम्बन्धी मस्यौदालाई अन्तिमरूप दिन अब २७ सदस्य रहेको ईयूका नेताहरूको शिखर बैठक बोलाइने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।