शुक्रबार, साउन ८, २०८३

निजी क्षेत्रमा लगानी नगरे आर्थिक विकास असम्भव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)ले निजी क्षेत्रमा लगानी नगरे नेपालको अार्थिक विकास नहुने बताएको छ। त्यसकाे लागि निजी क्षेत्रमा लगानी बढाउन जाेड  दिइएकाे छ।

शुक्रबार राजधानीमा उक्त निगमले गरेको कार्यक्रममा आइएफसीकी नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर वेन्डी जो वर्नरले निजी क्षेत्रमा लगानी नगरि नेपालको विकास नहुने बताइन्। मुलुकको उत्पादन वृद्धि गर्न पनि निजी क्षेत्रमा लगानी गरिनु पर्ने आवश्यक रहेको उनको भनाइ छ। 

‘त्यसका लागि निजी क्षेत्रलाई सक्षम बनाउन आवश्यक छ,’ उनले भनिन्। पर्यटन, कृषि व्यवसाय, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि गरी पाँच क्षेत्रलाई प्राथमिकता राखेरर एक नयाँ अनुसन्धान गर्न अवश्यक रहेको उनको बुझाइ छ।

साथै उनले नेपालमा निजी क्षेत्रमार्फत करिब ९० अर्ब रुपैयाँ लगानी गर्न तयार रहेको पनि कार्यक्रममा जानकारी दिइन्। उनकाअनुसार अहिले निगमले नेपालमा करिब १५ अर्ब रुपैयाँ लगानी गरिसकेको छ।

निगमले नेपललाई भौगोलिक अवस्थाले पनि चुनौति दिएको भन्दै भूपरिवेष्टीत मुलुक भएको कारणले देखिएको अबरोध हटाउन नयाँ दृष्टिकोणले अघि बढ्न सुझाब दिएको छ। पूर्वधार र ‘कनेक्टीभिटी’लाई मजबुद बनाउन आवश्यक रहेको बताइएको छ।

सरकारले अन्य स्टेकहोल्डरहरुसँग मजबुद सम्बन्ध बनाउन पर्ने, विभिन्न पुराना नीतिलाई सुधार गर्दै निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको निगमले ठहर गरेको छ।

निगमकाअनुसार निजी क्षेत्र लगायतलाई आकर्षित गर्न र विभिन्न अबरोध हटाउन तत्काल हटाउन अवाश्य छ। कानुनी रुपमा सरल नियम, मजबुद पूर्बाधार तथा संस्थान र मानव पूँजी विकासको लागि सम्पूर्ण ढोकाहरु खुला राख्न आवश्यक छ।

त्यस्तै कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्रलाई माथि लान तथा रोजगार श्रृजना गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए। ‘त्यसका लागि सरकारले पुरानो कानुनलाई हटाएर नयाँ कर प्रणाली सरल बनाउदै सम्पूर्ण अबरोध हटाउदै लगानीमैत्री कानुनहरु बनाउने प्रक्रिया अघि बढिसकेको बताए।

मुलुकको विकासको लागि मुख्य गरी भौगोलिक समस्या रहेको छ। परम्परागत खेति प्रणालीलाई सुधार गर्न आश्यक छ। ‘औपचारिक वित्तीय पहुचमा पुग्न सकेका छैनौं,’ उनले भने ‘अझै पनि अधिक संख्यामा बैंकिङ, बीमा क्षेत्रमा हाम्रो पहुँच पुग्न सकेको छैन।’ निजी क्षेत्र र सरकार एक आपसमा परिपूरक भएकोले सोही अनुसारले अघि बढ्न तयार रहेको उनको भनाइ छ । 

विश्व बैंकको दक्षिण एशिया क्षेत्रिय उपाध्यक्ष हार्टविग शाफरले विगदेखि नै निजी क्षेत्रले स्वास्थ्य र प्रविधि प्रशिक्षण क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। परम्परागत वित्तीय विकासलाई सुधार गर्न विश्व बैंक सहयोग गर्न तयार रहको उनको भनाइ छ। 

निगमको प्रतिवेदनले पछिल्लो समय सरकारले गरिबी न्यूनिकरणको लागि प्रगति गरेको छ। सन् १९९६ मा ४६ प्रतिशत रहेको गरिबी सान् २०११ सम्म पुग्दा १५ प्रतिशसम्म घटाएको छ।

पछिल्लो बीस वर्षमा नेपालको वास्तविक कुल ग्राहस्थ उत्पादन ‘जिडीपी’ वृद्धि चार प्रतिशत छ। नेपालमा रेमिट्यान्सको भूमिका समेत महत्वपूर्ण रहदैआाएको छ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्