काठमाडौं- उपत्यकाको विभिन्न स्थानमा चल्ने साना तथा मझौला माईक्रो बसका चालक र सहचालकले मंसिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरोसेन्ट (टल्किने) ज्याकेट लगाउनुपर्ने भएको छ।
उपत्यकाको सवारी व्यवस्थापनलार्इ मर्यादित र जिम्मेवारी बोध बनाउने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले उपत्यकामा चल्ने ३ हजार ८ सय २ बटा माईक्रो बसलाई अनिवार्य रुपमा चालक तथा सहचालक लेखिएको फ्लोरेसेन्ट ज्याकेट लगाउन पर्ने बाध्यकारी नियम बनाएको हो।
यसअघि ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरिएको थियो। ट्राफिक महाशाखाले उपत्यकामा चल्ने ठुला सवारी साधनमा समेत यस्तो नियम लागु गर्ने जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४