काठमाडौं- नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखि प्रबर्द्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ। क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन्।
मल्लले एक लाख प्राप्त गरेका छन्। आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेल, प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिती थियो। उपहार स्वरुपको रकम एक लाख आएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलमार्फत चेकद्वारा मल्लको सिफारिस बमोजिम रीता सुनुवारलाई हस्तान्तरण गरेको जनाइएको छ।
२०७५ साल असोज सातदेखि सुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्ममासिक ‘लक्कीड्र’ बाटएकजना, साप्ताहिक ‘लक्की ड्र’ बाटपाँचजना र दैनिक ‘लक्की ड्र’ बाटतीन सयजना सेवाग्राहीहरू विजेताघोषित भइसकेकी छिन्।
योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन्। आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिकगर्दै आइरहेको आइएमईले यसपालीकापर्वहरूमा देश विदेशमा रहनुभएकालाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजनाजारी राखेको छ। योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’मार्फत एक हजारको बिल भुक्तानी हरेक हप्ता एकजना भाग्यशाली सेवाग्राहीलाई एक हजार नगद, हरेक महिना एक जना भाग्यशाली सेवाग्राहीलाई एक लाख नगद तथा बम्परमा १ जनाभाग्यशाली सेवाग्राहीलाई बिस लाख नगद प्रदान गरिने जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४