मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकै ठूला र महँगा ईपीएल, ला लिगा र बुन्डेसलिगा फुटबल लिग आजदेखि

विश्वकै ठूला र महँगा ईपीएल, ला लिगा र बुन्डेसलिगा फुटबल लिग आजदेखि

विश्वका चर्चित तीन फुटबल लिग आजदेखि सुरु हुँदैछन्। इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल), स्पेनको ला लिगा र जर्मनीको बुन्डेसलिगा एकै दिन सुरु हुन लागेका हुन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं – विश्वका चर्चित तीन फुटबल लिग आजदेखि सुरु हुँदैछन्। इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल), स्पेनको ला लिगा र जर्मनीको बुन्डेसलिगा एकै दिन सुरु हुन लागेका हुन्।

प्रिमियर लिगमा लिभरपुरका डिफेन्डर भर्जिल भान डाइक फर्किएपछि उसले यो सिजनमा पछिल्लो सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने अड्कल काटिएको छ।

उपाधि जित्नका लागि उत्साहित चेल्सीले पनि बलिया फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गरेको छ। त्यस्तै, म्यानचेस्टर युनाइटेडले जर्मनीको बोरुसिया डर्टमन्ड क्लबबाट जाडर्न सान्चे क्लबमा भित्र्याएको छ।

म्यानचेस्टर सिटीको बलियो स्क्वाड त यथावत् छ। त्यसैले यो सिजन चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र युनाइटेड नै उपाधिका प्रमुख दाबेदार हुन्।

स्पेनिस क्लब बार्सिलोनाले विश्वचर्चित प्लेमेरकर लियोनेल मेस्सीलाई क्लबमा स्थान दिन नसकेपछि उसले आलोचना खप्दै आएको छ। मेस्सी भने अहिले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा पुगेका छन्।

गत साता सुरु भइसकेको लिग वानको पहिलो चरणको खेल सकिएका छन्। यो सप्ताहन्तमा लिग वानमा दोस्रो चरणको खेल हुँदैछ। इटालीको सिरी ए भने अर्को अगस्त २१ बाट सुरु हुनेछ। 

बुन्डेसलिगमा भने बायर्न, लाइप्जिक र बोरुसिया डर्टमन्ड उपाधि दाबेदार छन्। तर तुलनात्मक रुपमा हरेक सिजन बलियो देखिने बायर्नले यो सिजन पनि उपाधि जित्ने धेरैको अनुमान छ।

आजको खेल

ईपीएल  : ब्रेन्टफर्ड र आर्सनल, राति पौने १ बजे

ला लिगा  : भ्यालेन्सिया र गेटाफे, राति पौने १ बजे

बुन्डेसलिगा : मोन्छेनग्लाडबाख र बायर्न, राति सवा १२ बजे


प्रकाशित: Aug 13, 2021| 10:25 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।