शनिबार, साउन ९, २०८३

 शिशु जन्मिए सहकारीमा पाँच हजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दुल्लु- दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ। 

बालबालिकाको भविष्य सुनिश्चित गर्ने लक्ष्यअनुरुप गाउँपालिकाले महिला सहकारीमार्फत ‘जीवन सुरक्षा कोष’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। सो कार्यक्रमअन्तर्गत बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले बच्चाको नाममा पाँच हजार सहकारीमा जम्मा गर्नु पर्नेछ। 

गाउँपालिकाले पाँच हजार र बच्चाको अभिभावकले दुई हजार रकम सहकारीमा जम्मा गर्नुपर्ने प्रावधान तयार पारेको गाउँपालिकाका प्रमुख खेमराज ओलीले जानकारी दिए। बर्थिङ सेन्टरमा जन्मिएको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्रका आधारमा उक्त रकम सहकारीमा जम्मा गरिनेछ। 

सहकारीमा जम्मा भएको रकम स्थानीयस्तरमै उद्यम गर्ने व्यक्तिलाई वार्षिक १५ प्रतिशत ब्याजदरमा ऋण प्रदान गरिने बताइएको छ। बच्चाको नाममा वार्षिक १२ प्रतिशतले रकम जम्मा गर्नुपर्नेछ। अध्यक्ष ओलीले एक बच्चाको सात हजारको छ महिनाको ब्याज चार सय २० हुने र रकम साँवामा जोडिने बताए। बच्चाका नाममा जम्मा गरिएको उक्त रकम २० वर्षमा ७१ हजार सात सय ४२ पुग्ने छ। 

बच्चाको नाममा जम्मा गरिएको रकमले गाउँपालिकाभित्र उद्यमी तयार हुने भएकाले स्थानीयस्तरमै रोजगारीका अवसर सृर्जना हुनुका साथै महिला सहकारीको कारोबार बढ्ने उनको भनाइ छ। कोषलाई प्रभावकारी बनाउन महिला सहजकर्ता पनि नियुक्त गरिएको छ। सहजकर्ताले गाउँगाउँमा अभियान चलाउनेछन्। सो कार्यक्रम सञ्चालनका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको छ। 

कार्यक्रम मंसिर १ गतेदेखि शुरु गरिने छ। उक्त गाउँपालिकामा हरेक वर्ष करिब पाँच बच्चाको जन्म हुने गरेको छ। कार्यक्रम सञ्चालनका लागि महिला तथा बालबालिका एकाइले महिला सहकारी, सहजकर्ता र जनप्रतिनिधिसँग परामर्श गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।