शुक्रबार, साउन ८, २०८३

कटेजभित्र के पकाउँदैछन् कांग्रेसका नौ भाइ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेपाली कांग्रेसका युवा नेताहरू आफ्ना अवधारणा महासमिति बैठकमा एकमुष्ट रूपमा अघि बढाउन राजधानीको तीनकुनेस्थित सिद्धार्थ कटेजमा भेला भएका छन्।

चर्चित युवा नेता गगनकुमार थापा र गुरुराज घिमिरेको सक्रियतामा आयोजित भेलामा केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, बद्रीप्रसाद पाण्डे, जीवन परियार, प्रदीप पौडेल, कमला पन्त र रामकृष्ण यादव सहभागी छन्। दिउँसो १ बजेदेखि भएको छलफलमा नेता पौडेल भने साढे २ बजे मात्र बैठकस्थल पुगेका थिए। ८ युवा नेताबीच बुधबार दिउँसो पनि यस्तै गोप्य भेला भएको थियो।

शुक्रबारको बैठकमा नेताहरूबीच आगामी २८ मंसिरदेखि राजधानीमा हुन लागेको महासमिति बैठकमा पेस हुने विभिन्न प्रस्तावमा युवा नेताको अवधारणा कसरी एकीकृत ढंगले राख्‍ने भन्ने विषयमा छलफल भएको केन्द्रीय सदस्य पाण्डेले बताए।

उनीहरूले विधान संशोधन मस्यौदा समितिमा आफ्ना धारणा समावेश गर्न, राजनीतिक प्रतिवेदन, आर्थिक नीति र आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन आदिमा आफ्ना एजेन्डा समावेश गर्ने विषयमा समान र एकीकृत धारणा बनाउन प्रयास गर्ने भएका छन्। बैठकमा सहभागी युवा नेताहरू सबै पार्टी संस्थापनइतर पक्षका हुन्।

विधान संशोधन मस्यौदा प्रतिवेदनमा नयाँ अनुहारलाई प्राथमिकता दिने, मनोनीतभन्दा निर्वाचितको संख्या बढाउने, बारम्बार एक व्यक्तिलाई अवसर दिन नहुने, योगदानका आधारमा मूल्यांकन गरिनुपर्ने, विधानअनुसार पार्टी तथा यसका भातृसंस्था र शुभेच्छुक संस्थाको नियमित अधिवेशन गरिनुपर्नेलगायतका एजेन्डाहरूलाई विशेष रुपमा जोड दिएका छन्।

संस्थापन पक्षधर केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा प्रवक्ता नियुक्त भएपछि युवा नेताको बैठकमा उपस्थित हुन छाडेका छन् भने चन्द्र भण्डारी सभापति देउवाविरुद्ध खुलेर आएका छन्। गत वर्ष भएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि युवा नेताहरू मोर्चाबन्दीमा एकजुट भएका थिए।यीनै युवा नेताहरूले गत असारमा हेटौंडामा भएको जिल्ला सभापति भेलामा समेत बेग्लै प्रतिवेदन पेस गरेका थिए।

पार्टीको मंसिर १ गते शनिबार केन्द्रीय समिति बैठक बस्ने भएको छ। बैठकमा पार्टी नेतृत्वले पेलेर जान खोजे युवाहरूले सामूहिक प्रतिवाद गर्नेसमेत जनाएका छन्। नौ जना युवा नेताको भोलि नै केन्द्रीय कार्यसमितिको बैठक अघि पुन : बैठक बस्‍ने छ। उनीहरुले यसअघि असार ६ गते हेटौंडामा भएको ">जिल्ला सभापतिहरुको भेलामा बुझाएको ५१ पृष्ठ लामो 'निर्वाचन समिक्षा र आगामी कार्यदिशा' विषयक प्रतिवेदन महासमिति बैठकमा लैजाने निर्णय गरेका छन्।  

यसअघिको प्रतिवेदनमा किरण यादवको हस्ताक्षर थियो भने हालको बैठकमा भने यादव अनुपस्थित छन्। उनको ठाउँ कमला पन्तले लिएकी छन्। 

युवा नेताहरूबीच भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन र महासमिति बैठकमा आआफ्ना एजेन्डा कसरी बलियो बनाउने भन्ने विषयमा छलफल भएको थियो।

युवा नेताले महासमिति बैठकमा पार्टीमा खुला प्रतिस्पर्धा, निर्वाचनबाट नेतृत्व चयन, सामूहिक नेतृत्वको विकास, योगदानका आधारमा अवसर दिइनुपर्ने लगायतका एजेन्डा महासमिति बैठकमा पेस गर्ने भएका छन्।

जिल्ला सभापतिहरुको भेलामा बुझाएको ५१ पृष्ठ लामो 'निर्वाचन समिक्षा र आगामी कार्यदिशा' विषयक प्रतिवेदन


थप पढ्नुहोस्, 

कांग्रेस बैठक शनिबार, नेविसंघ विवाद प्रमुख एजेण्डा 

नेविसंघ म्याद थपबारे ठोस् छलफल भएको छैन : कांग्रेस महामन्त्री

कांग्रेसका युवा नेताको गोप्य भेला

कांग्रेसभित्र गुटगत भेला, महासमितिमा आआफ्ना एजेन्डा घुसाउने रणनीति 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।