शुक्रबार, साउन ८, २०८३

'ओली हिटलर बन्दैछन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओली हिटलर बन्न खोजेको आरोप लगाएका छन्

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता केसीले भने, 'केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्न खोजिरहनु भएको छ। प्रधानमन्त्रीले काम होईन, बढि कुरा गर्नुभयो। उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ। उहाँमा सत्ता र शक्तिको उन्माद छ।’

नेता केसीले वर्तमान सरकारको नौ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ। समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ। निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो। तर, अहिले काम गर्न सकेको छैन्। 

ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहातमा केन्द्रित गरेकोमा पनि आपत्ति जनाए। ' नौ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो त?, केसीले प्रश्न गरे, 'वृद्धभत्ताको कुरा उठाउँदा उठाउँदै म त थाकिसकें। सत्तामा आउनुभन्दा पहिले ओलीजी र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो। तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त? बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिईयो? वाईडबडीको विवाद त्यस्तै छ। साँढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो?’

केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भएपनि जरैकिला उखल्नेगरि काम गर्न केले रोक्यो भनेर प्रश्न गरे। त्यस्तै सिण्डिकेटको अन्त्य गरेको भनेर सरकारले भनेपनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उनको आरोप छ।

उनले कांग्रेसको आगामी महासमिति बैठकमा 'एक पद एक व्यक्ति' को मापदण्डलार्इ प्रमुख एजेन्डाको रुपमा उठाइने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।