शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजधानीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सबै इन्चार्ज फेरिने

राजधानीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सबै इन्चार्ज फेरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि प्रहरी मुख्यालयले सबै युनिटका इन्चार्ज परिवर्तन गर्न लागेको छ। हाल कार्यरत ट्राफिक प्रहरीको फितलो कार्यशैलीले ट्राफिक व्यवस्थापन प्रभावकारी नबनेपछि १५० प्रहरी परिवर्तन गर्न लागेको मुख्यालय स्रोतले जानकारी दियो।

ट्राफिक नियम उल्लंघनका घटनामा फितलो कारबाही भएको, सडकपेटी र सडकमा जथाभाबी सवारी पार्किङ हुँदा पनि अनुगमन नभएको, समन्वय नहुँदा ‘पिक आवर’ बाहेक अन्य समयमा पनि सवारी जाम बढेपछि ट्राफिक प्रहरीको जिम्मेवारी हेरफेर गर्न लागिएको हो। यसबारेमा मुख्यालयले पटकपटक ट्राफिक महाशाखालाई सचेत गराउँदै आएको छ।

महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेलगत्तै प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताले अनुभूत गर्ने गरी ट्राफिक व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए। लामो समय एकै ठाउँको जिम्मेवारीमा रहँदा अनियमितता पनि हुन सक्ने भएकाले एकैपटक ठूलो संख्यामा ट्राफिक प्रहरीको जिम्मेवारी परिवर्तन गर्न लागिएको स्रोतले दाबी गरेको छ।

राजधानीका सडकमा दैनिक १० लाख बढी सवारी गुडछन् । बागमती अञ्चलमा ११ लाख ७० हजार सवारीसाधन दर्ता छन्। सडक भने दुई सय किलोमिटर मात्र छ। उपत्यकामा ट्राफिकको दरबन्दी १४५० छ । ड्युटीमा खटिँदा एक प्रहरीले कम्तीमा १० हजार सवारीसाधनको अनुगमन गर्नुपर्छ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले केही ट्राफिक प्रहरीको जिम्मेवारी परिवर्तन गर्न लागिएको जानकारी गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।