एजेन्सी- पूर्व विश्वविजेता जर्मनीले बिहीबार राति उएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रुसलाई ३-० ले पराजित गरेको छ । केही अघि देखि खराब प्रदर्शन गर्दै आएको जर्मनीले आफ्नो उत्त सिलसिललाई तोड्दै विजय भएको हो ।
यस नतिजासँगै सन् २०१८ मा जर्मनीले खेलेका १२ खेलमा यो चौथो जित हो । विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाट नै बाहिरिएको जर्मनीलाई यस जितले केहि राहत पुगेको छ ।
नियमित टोलीका मुख्य खेलाडीबिना नै मैदानमा उत्रेको जर्मनीले प्रभावशाली प्रदर्शन गर्दै सहज जित दर्ता गर्यो ।
विश्वकप टोलीमा स्थान बनाउन नसकेका युवा विंगर लेरोय सानेले जर्मनीलाई आठौं मिनेटमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको २५ औं मिनेटमा निक्लास सुलले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।
उनले जोसुआ किमिचको कर्नरमा आएको बललाई एन्टोनियो रुडीगरले फ्लिक गरेपछि सहजै गोल गरेका थिए । ४० औं मिनेटमा आर्सनलका पूर्व खेलाडी ग्नाब्रीले गोल गर्दै पहिलो हाफमा जर्मनीले ३-० को अग्रता बनायो ।
निकै नै रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलमा फर्किने केहि अवसर पाएको रुसले सहि अवसरको सदु पयोग गर्न नसक्दा हार व्यहोर्न पुग्यो । जर्मनीले अब यूईएफए नेसन्स लिगअन्तर्गतको खेलमा सोमबार नेदरल्यान्ड्सको सामना गर्नेछ । रुसले भने स्विडेनसँग खेल्ने कार्यक्रम रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४