शनिबार, साउन ९, २०८३

साइपाल हिमालको चुचुरोमा नपुगी फर्कियो टोली      

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-मिसन साईपाल नाम दिएर बझाङको साइपाल हिमाल आरोहण गर्न गएको टोली चुचुरोमा नपुगेरै फर्किएको छ। सात हजार ३१ मिटरको उचाईमा रहेको साइपाल हिमाल आरोहणका लागि गएको १२ जना विदेशी सहितको टोली हिमपात हुन थालेपछि साइपाल हिमालको चुचुरोमा नपुगेरै फर्किएको हो। 

मिसन साइपालका संयोजक भोजराज भाटका अनुसार हिमपात हुन थालेपछि हिमाल चढ्न समस्या हुँदा टोली फर्किएको हो ।१२ जना विदेशीको टोली साइपाल हिमालको ६ हजार ८ सय मिटरको उचाइ सम्म पुगेपनि अभियान सुरु गरेकी बझाङकी चार छोरीहरु भने ५ हजार ४ सय मिटर उचाई सम्म पुगेर फर्किएका थिए। हाल सम्म कसैले पनि आरोहण नगरेको साइपाल हिमाल आरोहणका लागि पहिलोपटक साइपाल गाउँपालिकाकाकी लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका थिए। 

उनीहरुले ७ हजार ३१ मिटर उचाईमा रहेको साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिक १८ गते आरोहण सुरु गरेका थिए। उनीहरुलाई सहयोग गर्न ८ हजार मिटर भन्दा बढी उचाईका १४ वटै हिमाल चढेर विश्व रेर्कड कायम गरेका स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प  पुगेको थियो।

बझाङकी चार छोरी पाँच हजार ६ सय मिटरको उचाईमा पुगेको तर १८ सय मिटरको रोप (डोरी) मार्फत आरोहण गर्न नसकेपछि फर्किएर उनीहरु बझाङ सदरमुकाम चैनपुर आइपुगेका छन्। हिमपातका कारण विदेशीको टोलीले लगाएको १८ सय मिटरको रोपमा बझाङकी छोरीहरु चढ्न नसकेको भाटले जानकारी दिए। विदेशी टोली भने आइनपुगेकाले चैनपुरमा उनीहरु कुरेर बसेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।