शुक्रबार, साउन ८, २०८३

आईटी-इनोभेसन क्षेत्रलाई दश लाख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यस वर्ष २०१८ को ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेशनल एक्सीलेन्स’पुरस्कार आईटी र इनोभेसनको क्षेत्रमा अनुकरनिय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गर्ने भएको छ।

पुरस्कारको लागि ०७५ कात्तिक २९ देखि मंसिर २८ गतेसम्म रोटरी डिष्ट्रिक्ट कार्यालय थापाथली, रोटरी भवन लगायतका स्थानहरुमा आवेदन फारमहरु  प्राप्त गर्न तथा बुझाउन सकिने जानकारी गराएको छ।

सन् १९०५ मा अमेरिकाको सिकागो शहरबाट शुरु भएको उक्त संस्था नेपालमा भने सन् १९५९ मा भएको हो। तर सन् २००८ जुलाई महिनादेखि मात्र नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको बताइएको छ।

संस्थाकाअनुसार  सन् २०१० बाट राष्ट्रिय स्तरमा प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरी उक्त पुरस्कारको स्थापना भएको हो। राष्ट्रिय स्तरमा आफ्नो पेशा वा व्यवसायको माध्यमबाट देश तथा समाजलाई उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संस्था वा समूहलाई दश लाखको नगद पुरस्कार प्रदान प्रदान गरिनेछ।

पहिलो पटक सन् २०१० मा उक्त पुरस्कार स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने डा. रामकण्ठ माकजु श्रेष्ठलाई प्रदान गरिएको थियो। 

दोस्रो पटक सन् ०१२ मा शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने डा. सुरेशराज शर्मा, ०१४ मा कला र सस्कृति क्षेका डा. सत्यमोहन जोशी र ०१६ मा समाज सेवाको क्षेत्रमा योगदान पुर्याउने इन्दिरा राणा मगरलाई प्रदान गरिएको संस्थाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्