शनिबार, वैशाख २२, २०८१

तीव्र गतिमा गाडी हाँक्न रुचाउने शान्त र सौम्य गुलजार

गुलजारमाथि अरुको रचना नक्कल गरेको आरोप पनि लागेको छ। गालिबका शेरहरुलाई गुलजारले यति प्रयोग गरेका छन् कि उनी स्वयं भन्छन् - म गालिबको नामको पेन्शन खाँदैछु।
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

कुनै व्यक्तिले प्रतिभा, परिश्रम र लगनले विशेष स्थान हासिल गर्छ तर कुनै व्यक्ति फरक-फरक क्षेत्रमा हात हालेर पनि विशेष सफलता हासिल गर्दै जान्छ भने त्यस्तो व्यक्तिलाई गुलजारसँग तुलना गर्न सकिन्छ। गुलजारको कामको दायरा पनि विशेष नै छ। उनी थुप्रै विधामा निरन्तर काम गरिरहेका छन्।

triton college

१८ अगष्टमा गुलजारले ८९ औं जन्मदिन मनाए। यो उमेरमा पनि उनी सक्रिय छन्। बलिउडमा प्रत्येक हप्ता नै स्टार आउने, हराउने र डुब्ने प्रकृया जारी रहँदा गुलजार भने ६ दशकदेखि जमेर बसेका छन्। उनको उपस्थिति प्रगतिको शिखर चढ्नको लागि मात्रै नभएर गुलजारमय बनाउनको लागि हो। उनका प्रशंसकहरु यस्तै भन्छन्।

हुन पनि सबैका प्रिय गुलजार एक दिनमा बनेका होइनन्। उनको जीवनका चोटहरुले नै उनमा त्यस्तो गाम्भिर्यता र संवेदनशीलता भर्यो जसले पाकिस्तानको झेलममा जन्मेका संपूरण सिंह कालरालाई एक यस्तो फनकारमा परिणत गरिदियो जसले तर्क र कल्पनाको कसौटीमाथि शब्द र दृश्यहरुको यस्तो तिलस्मी बुन्छन्। जो कोही त्यसमा सहजै डुब्न चाहन्छ।

गीतकार, लेखक र निर्देशक गुलजार
उनी गीत लेख्न बस्छन् भने उनी पहिलो गीत नै यस्तो लेख्छन्– ‘मोरा गोरा अंग लइ ले, मोहे श्याम रंग दे दई...’ बलिउडको संसारमा जहाँ गोरो रंगको मात्र चमक–धमक छ त्यहाँ उनी पहिलो गीतमै श्याम रंगको माग गरेका छन्। जब स्क्रिनप्ले लेख्छन् भने ‘आनन्द’ जस्तो चलचित्र जसका नायक हाँसीखुशी क्षण–क्षणमा नजिक आइरहेको मृत्युको लागि तयार हुन्छ। चलचित्र बनाउँछन् भने आँधी र मौसम जस्तो जहाँ संवेदनाको ज्वार आफ्नो चरममा हुन्छ।

टीभी सिरियलको कुरा गर्दा मिर्जा गालिबको शाहकार अगाडि आउँछ। मिर्जा गालिब टीभी सिरियलको हैसियत ठूलो पर्दामा देखिने मुगले–आजमको जस्तै छ। बालबालिकाको लागि लेख्दा ‘जंगल जंगल बात चली है, पता चला है, चड्डी पहनकर फूल खिला है’ जस्तो सर्वकालीक राइम्स नै लेदिखिए।

corrent noodles
Metro Mart

यी सबैको बीच उनले समय निकालेर शायरी, कविता र कथामार्फत आफ्नो ख्याति फैलाइरहे। उनलाई जतिबेला जुनै विषयमा बोल्न भन्दा पनि उनी बिना कुनै तयारी धाराप्रवाह बोल्न सक्छन्। त्यो पनि यस्तो अन्दाजमा कि हजार सिट भएको हलमा पूरै सन्नाटा छाउँछ। हिन्दी र उर्दू लवजमा बोल्ने उनको अन्दाज गजबको छ।

गुलजारको यस यात्राको सुरुवात त्यतिबेला भयो जब सन् १९४७ को भारत र पाकिस्तानको विभाजनपछि उनको परिवार भारत आयो र उनको पिताले परिवार पाल्नको लागि सानोतिनो कारोबारीको काम गर्न थालेका थिए।

गुलजारले विभाजन कालको हिंसालाई वर्षौंसम्म बिर्सन सकेका थिएनन्। विभाजनको समयमा उनी जम्मा ११ वर्षका थिए। आफ्नो आँखा अगाडि उनले सैकडौंको हत्या भएको देखेका थिए भने रातारात लाखौंको घरबार उजाडिएको देखेका थिए। भनिन्छ- काँचो उमेरको घाउ जीवनभर भरिँदैन। गुलजारलाई अझैपनि त्यो त्रासद समय खतरनाक स्मृति भएर मानसपटलमा आइरहने र सताइरहने रहेछ। यस्तैमा उनी लेख्छन्,

‘आँखों को भीजा नहीं लगता,
सपनों की सरहद होती नहीं,
बंद आंखों से रोज मैं सरहद पार चला जाता हूँ’।

फिल्मी दुनियाँको लगाव
गुलजार पीडा र त्रासदीमा मात्रै सीमित रहेनन्। उनी भन्छन्, 'सयमसँगै बुझ्दै गएँ कि हामी भन्नमा धेरे माहिर छौं, धेरै भन्यौं भने अर्थ डाइल्यूट हुनजान्छ।' यसै कारण जब उनी जिस्काइको मूडमा– गोली मार भेजे में, भेजा साला शोर करता है.. जस्तो गीत पनि लेखे भने जब उनी प्रेम कविता लेख्ने मूडमा आउँछन् भने तुम्हारे गम की डली उठा कर.. जुबां पर रख ली है देखो मैं ने... जस्तो उच्च स्तरको कविता कोर्छन्।

बाल्यकालदेखि उनलाई कविता लेख्न मन पर्थ्यो। तर उनको पिताको भनाइमा कविता तथा कथा लेखेर जीविका चल्दैन। उनले आफ्नो नातेदारको अगाडि गुलजारको बारेमा भन्थे- यो केटा आफ्नो भाइहरुसँग पैसा माग्छ कि गुरुद्वाराको लंगरमा खाना खान्छ।

सन् १९६० मा उनी आफ्नो दाइको काममा सहयोग गर्न मुम्बई आए। त्यतिबेला उनले सोचेका पनि थिएनन् होला कि उनी एक दिन फिल्मी दुनियाँमा काम गर्छन् र यसरी सधैंको लागि स्थापित हुन्छन्।

त्यसताका उनी फिल्मी गीतकार राजेन्द्र कृष्णको घरमा भाडामा बस्थे। वामपन्थी रूझानको कारण शैलेन्द्र जस्तो गीतकारको सम्पर्कमा उनी आए। पछि बिमल रायको सहायकको रुपमा उनी काम गर्न थाले।
शैलेन्द्रले नै उनलाई बिमल रायको चलचित्रमा गीत लेख्नको लागि प्रेरित गरेका थिए र गुलजारको नाम बिमल रायको सहयोगी देबूसेनलाई सुझाएका थिए। यसरी १९६३ मा बन्दिनी चलचित्रमा ‘मोरा गोरा अंग लइ ले, मोहे श्याम रंग दे दई..’गीतबाट नै उनले बताइदिएका थिए कि उनी यहाँ लामो समयका लागि आएका छन्।

बिमल रायको निधनपछि गुलजार ऋषिकेश मुखर्जीका सहायक बने। ऋषिकेशको चलचित्रहरुमा स्क्रीनप्ले र गीतले गुलजारलाई एकदमै प्रख्यात बनायो। यसमा आशीर्वाद, आनंद र गुड्डी जस्तो उत्कृष्ट चलचित्रहरु सामेल छन्।

आनंदको लागि गुलजारलाई पहिलो पटक फिल्म फेयर पुरस्कार प्रदान गरिएको थियो। तर पहिलो पटक उनी यति नर्भस थिए कि पुरस्कार लिन स्टेजमा जाँदै गएनन्। उनै गुलजारले त्यसपछि पुरस्कारको लागि मात्रै १९ पटक स्टेजमा चढे। पहिलो सम्मानपछि त उनलाई सम्मानको बानीजस्तै परेको थियो।

ऋषिकेश मुखर्जीको सहायकपछि गुलजार निर्देशकको रुपमा पनि निकै सफल भए। उनले बनाएका चलचित्रहरुमा ‘मेरे अपने, परिचय, कोशिश, अचानक, माचिस, र आँधी जस्तो फरक धारका चलचित्रहरु छन्।

माचिसपछि भने उनले निर्देशनलाई अलविदा नै भने। त्यसपछि पूरै गीत लेखनमै लागे। केही वर्षहरुमा नै उनले ‘स्लमडॉग मिलेनियर’को लागि अस्कर जिते। बीडी जलइले’ जस्तो गीत देखि लिएर दिल तो बच्चा है जी’ जस्तो गीतमा उनले निकै प्रयोग गरे ।

यतिबेला भने उनी आफूलाई सबैभन्दा मन परेको काम गरिरहेका छन्। उनी कविताहरु लेखिरहेका छन् भने रविंद्रनाथ टैगोरको कविताहरुको अनुवाद समेत गरिरहेका छन्। उनको पूरै जीवनलाई फर्केर हेर्दा के थाहा हुन्छ भने उनले समयसँगै आफूलाई परिवर्तन गरिरहे। उनको जीवनमा ठूलै हुरी आएको बेला पनि उनको फोकस हटेको थिएन।

५० वर्षअघि गुलजार र राखीले प्रेम विवाह गरेका थिए। गुलजारकी छोरी चलचित्रकर्मी मेघना गुलजारले आफ्नो पिताको जीवनमा किताब लेखेकी छन्, बिकज ही इज। यसमा मेघनाले आमा राखी र पिता गुलजारको १९६८ मा भएको पहिलो भेटदेखि लिएर छुट्टिएको सम्मको विवरण लेखेकी छन्।

छुट्टिएपछि पनि ४९ वर्षदेखि दुबैले एकअर्काको साथ यसरी निभाएका छन् की उनीहरु छुट्टिएर बसेको भान नै नहुने कुरा राखीले २०२० मा स्टारडस्ट पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छन्। उनले भनेकी थिइन्- गुलजार र म एक अर्काको लागि सधैं उपलब्ध हुन्छौं।

छोरी मेघनाको जन्मको एक वर्षपछि नै दुबै छुट्टिएका थिए। यसको कारण थियो राखी चलचित्रमा कामलाई निरन्तरता दिन चाहन्थिन् तर गुलजारलाई लाग्थ्यो- आमा बनेपछि अब उनले चलचित्र खेल्नु राम्रो हुँदैन।

आँधी चलचित्रको छायाकंनकै क्रममा पनि यसै विषयलाई लिएर दुबैमा ठूलो झगडा परेको थियो। जब निर्देशक यश चोपडाले कभी–कभी मा काम गर्ने प्रस्ताव राखीलाई गरे- त्यतिबेला गुलजारले काम नगर्न भनेका थिए तर राखीले चलचित्र साइन गरिन् र यसै विषयलाई लिएर दुबै अलग भए।

यद्यपि यी दुबैबीच प्रेम भने आज पनि कायम छ। यी दुबैले आफ्नो काम पनि गरिरहे र छोरीलाई यसको असर पर्न दिएनन्। नौ दशक पुग्दा पनि गुलजारको केही कुरा फेरिएको छैन। उनी बिहान पाँच बजे उठ्छन्। भन्छन्, सूर्यले मलाई जगाउनुभन्दा मैले सूर्यलाई जगाउन चाहन्छु। उठेपछि उनी नियमित जिमखाना क्लबमा टेनिस खेल्न जान्छन्। टीभीमा टेनिस र क्रिकेट म्याच चलिरहेको छ भने उनी अन्य कुनै काम गर्दैनन्। उनलाई क्रिकेटसँग ठूलो लगाव छ।

गुलजारमाथि अरुको रचना नक्कल गरेको आरोप पनि लागेको छ। गालिबका शेरहरुलाई गुलजारले यति प्रयोग गरेका छन् कि उनी स्वयं भन्छन् - म गालिबको नामको पेन्शन खाँदैछु जो स्वयं खालिबले पनि खान पाएका थिएनन्। सधैं सेतो लुगा लगाउने र शान्त तथा सौम्य देखिने गुलजारलाई तिब्र गतिमा गाडी चलाउने बानी छ। उनी केही यस्ता हस्तीमध्ये पर्छन् जसले भारतको कुना कुना आफैं कार चलाएर घुमेका छन्। उनको सफलतामा यी यात्राहरुको पनि महत्वपूर्ण भूमिका छ।

- बीबीसी हिन्दीबाट भावानुवाद गरिएको

प्रकाशित: Aug 19, 2023| 08:29 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्