शुक्रबार, साउन ८, २०८३

रोलरले च्यापेर प्राविधिकको मृत्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया-बुटवल सडकको निर्माणमा संलग्न एक प्राविधिकको बिहीबार बेलुका भएको दुर्घटनामा ज्यान गएको छ। 

उक्त आयोजनाका ठेकेदार कम्पनी टेलिकम ईण्डीया लिमिटेडमा सुपरभाईजर पदमा कार्यरत पाल्पाका प्रबिण पाण्डेको ज्यान गएको हो। 

उक्त कम्पनीमा कार्यरत पाण्डे करिव सवा ६ बजे तिलोत्तमा नगरपालिका मणिग्राम नजिकै सडकमा लगाई रहेको रोलरमा च्यापिएका थिए। 

बेलवास बेथरी सडक आयोजनाको निर्माण कम्पनीमा सुपरभाईजर पदमा कार्यरत पाण्डे करिव २ महिना अघि व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवलमा आएका थिए। 

आयोजनाका ईन्जिनीयर महेश्वर लम्सालले उक्त घटनाको पुष्टि गर्दै सांझको बेला रोलर अगाडी पुगेका पाण्डेलाई चालकले नदेखेका कारण दुर्घटना भएको हुन सक्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।