शुक्रबार, साउन ८, २०८३

 घुस प्रकरणमा पक्राउ परेका डिएसपी रार्इ रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिंदै गर्दा पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईलार्इ धरौटीमा रिहा गरिएको छ। 

उनलार्इ विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र  प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले एक लाख ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रार्इविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसको एक दिनपछि अदालतले रिहाको आदेश दिएको हो।  

उनले सेवाग्राहीसँग टिभी खरिदका लागि घुस लिएको आरोप थियो। उनलार्इ कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएकाले सोही उपदफाको (घ) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी लिई बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।