शनिबार, साउन ९, २०८३

नेपाल वायु सेवा निगम उच्‍च आर्थिक संकटमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम उच्च वित्तीय जोखिममा छ। बिहीबार निगमले पछिल्लो आर्थिक अवस्थाको सम्बन्धमा स्वेत पत्र जारी गर्दै निगम उच्च वित्तीय जोखिममा रहेको जानकारी गराएको हो।

कार्यक्रममा निगमका प्रवक्ता अशोक सिग्देलले अहिले जहाजको तिर्नु पर्ने कर्जा रकम ३२ अर्ब ८७ करोड रुपैयाँ पुगेको बताए। उनकाअनुसार निगमको ‘डेट इक्वीटी रेसियो’(दिर्घकालीन कर्जा/जम्मा पूँजी) ३९.८२ प्रतिशत रहेकोको छ। त्यसकारण पनि निगम उच्च जाेखिममा रहेकाे हाे ।

'उक्त कर्जाको लागि निगमले वार्षिक १०.५० प्रतिशतका दरले ब्याज भुक्तन गर्नु पर्ने हुँदा निगमलाई उच्च किस्ता तिर्नु पर्ने भएको छ,’ उनले भने ‘जसले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको छ।’ वित्तीय सूचाङ्कहरुलाई निगम अनुकुल बनाउन तुरुन्त नेपाल सरकारबाट पूँजी लगानी भित्र्याई वित्तीय जोखिम न्यूनिकरण गरी निगमको विश्वसनियता कायम गर्नु पर्ने उनको भनाइ छ।

उनका अनुसार निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नु पर्ने दायित्व अत्याधिक रहेको छ। वाईड वडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै नेपाल सरकारले आर्थिक सहायता दिनु पर्ने हुन्छ।

निगमका एक्ज्युकेटीभ चेयरमेन मदन खरेलले सरकारसँग २० अर्ब रुपैयाँ आर्थिक सहायता गर्न माग गरेको बताए। निगमको अधिक्तम पूँजी ३५ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको उनको भनाइ छ।‘निगमलाई व्यवस्थित सञ्चालन गर्न पनि पूँजी बढाउन अवश्यक छ,’ उनले भने ‘त्यसको विकल्प सायदै नहोला ।’

निगमकाअनुसार अहिले निगमको अधिकृत पूँजी ३० करोड रुपैयाँ रहेको छ। पूँजी लगानी तीन अर्ब १० करोड रुपैयाँ छ।  उक्त पूँजी लगानी अधिकृत पूँजीभन्दा बढी भएकोले यथासिघ्र नियमित गर्नु पर्ने आवश्यक छ।


त्यस्तै निगमको अन्तरिक उडानका करिब पाँच वटा विमानहरु ग्राउन्डेट छन्। केहि विमानहरु पाँच वर्षअघिदेखि ग्राउन्डेट छन्। ती जाहाजहरु मर्मत सम्ँभार व्यवस्था हुने क्रममा रहेको हुँदा हाल ती  क्षेत्रमा समेत निमग उच्च जोखिममा रहेको छ।

अन्तर्राष्ट्रियतर्फ आव ०७३/७४ को तुलनामा ०७४/७५ मा निगमको बजार हिस्सा १.८ प्रतिशतले घटेको छ। अन्तरिकतर्फ भने १.३ प्रतिशत बढेको छ। अाव ०७४/७५ माभन्दा ०७५ को साउन र भदौमा ‘सीट फ्याक्टर’ घटेको छ।

देश तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायति हवाई यातायात सेवा पुर्याउने उद्देश्यले सन् १९५८ जुलाईमा निगमको स्थापना भएको हो। तत्कालिन समयमा निगमलार्इ शाही नेपाल वायुसेवा निगमको नामले चिनिन्थ्याे।

अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थापन वाईड वडी ए३३०, दुई थान न्यारो वडी ए३२०, एक थान बोइङ जहाज छ। आन्तरिक उडानका लागि तीन वटा टुईनवटर, दुई वटा एमए ६०, चार वटा वाई १२ई, विमानहरु छन्। निगमसँग अहिले एक हजार १२ स्थायी कर्मचारी तथा ४८३ करारका कर्मचारीहरु छन्।

कार्यक्रममा पछिल्लो समय निगमलाई दुई थान वाईड वडी खरिद गर्ने क्रममा करिब साढे ६ अर्ब रुपैयाँको आर्थिक घोटला गरेको आरोप लागेको छ। सो सम्बन्धमा प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति, महालेखा परिक्षककाे कार्यालय लगायतले समेत विमान खरिदमा आर्थिक अनियमितता भएको बताइसकेकाे छ ।

त्यसलाई लिएर पत्रकारहरुले प्रश्न सोध्दा निगमका एक्ज्युकेटीभ चेयरमेन खरेलले सो सम्बन्धमा सम्बन्धीत निकायहरुलाई जवाफ दिदै आएको भन्दै पत्रकारहरुलाई समेत छुट्टै सम्मेलन गरी जवाफ दिने बताए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।