शुक्रबार, साउन ८, २०८३

साहिदुललाई रिहा गर्न आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बंगलादेशको उच्च अदालतले चर्चित फोटोग्राफर साहिदुल आलमलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। थुनामा रहेको एक सय दुई दिनपछि त्यहाँको उच्च अदालतले उनलाई धरौटीमा मुक्त गर्न आदेश दिएको बंगलादेशी सञ्चारमाध्यमले बिहीबार जनाएका छन्।

६३ वर्षीय साहिदुललाई गत अगस्ट ५ मा बिनापुर्जी ‘डिडेक्टिभ ब्रान्च अफ ढाका मेट्रोपोलिटन पुलिस’ ले पक्राउ गरेको थियो। बंगलादेशमा सडक सुरक्षाबारे प्रश्न गर्दै विद्यार्थीले गरेको आन्दोलन उक्साएको आरोप उनीमाथि लगाइएको थियो। यस्तै उनीमाथि देशविरुद्ध गलत सूचना दिएको आरोप पनि लागेको थियो। 

अदालतले १७ औँ पटकको आवेदनमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो। साहिदुल आलमका एक कानुन व्यवसायीले अब उनलाई थुनामा राखिराख्न कुनै कानुनी आधार नरहेको बताए। साहिदुलको रिहाइको माग गर्दै नेपाललगायत विभिन्न मुलुकमा प्रदर्शन गरिएको थियो। 

बंगालादेशी चर्चित फोटाग्राफर शाहीदुल आलमलाई बंग्लादेशको हाई कोर्टले जमानत दिएको छ। एक सय दुई दिनको जेल जीवन पछि उनले जमानत पाएका हुन्। उनलाई १७ औँ पटकको आवेदनमा सुनुवाई गर्दै बंगलादेशको उच्च अदालतले सामान्य तारेखमा जमानत पाएका हुन्। 

देशको विरूद प्रोप्रोगान्डा तथा गलत सुचना संञ्चार माध्यममा दिएको आरोप उनलाई लागेको थियो। शाहीदुल आलमका वकिलका अनुसार अब उनलाई गिरफतार गर्ने मिल्ने कुनै प्रावधान नभएको उल्लेख गरे र उनी चाँडै रिहा हुने पनि बताए। नेपालमा पनि नेपाली फोटोग्राफरहरूले आलमको रिहाइको लागि प्रर्दशनी गरेको थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।