शनिबार, साउन ९, २०८३

हत्या मुद्दाका साक्षीकै हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम–धनुषामा हत्यासम्बन्धी मुद्दाका एक साक्षीको हत्या भएको छ । विदेह नगरपालिका–५ मुडिबा बस्ने ६७ वर्षीय मानैर ठाकुरको हत्या भएको हो ।

बुधबार साँझदेखि वेपत्ता भएका ठाकुरको शव बिहीबार बिहान गाउँकै सामुदायिक विद्यालय पछाडीको खाल्डोमा फेला परेको छ । ठाकुरको आँखा र कनचटमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत धनुषामा शुक्रबार गाउँकै एक महिलाको हत्यासम्बन्धी मुद्दामा ठाकुरलाई बकपत्रको लागि बोलाइएको थियो। अदालतमा बकपत्र हुनु एक दिनअघि ठाकुरको हत्या भएको हो ।

केही महिनाअघि स्थानीय लक्ष्मी मण्डलको श्रीमती हत्या घटनामा अदालतमा बकपत्र दिने तयारीमा रहेको बेला ठाकुरको हत्या भएको धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए ।

मण्डलको श्रीमती हत्याका अभियुक्त भनिएका बहादुर मण्डल र ठाकुरबीच गवाहीको विषय लिएर गत आइतबार भनाभनसमेत भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । ठाकुरको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थपलियाले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।