सोमबार, चैत २, २०८२

टेक्सासमा एक जनालाई मृत्युदण्ड दिइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
वासिङ्टन- संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । 

स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन् । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चा सहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो । 

रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी छुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेला परेको थियो । 

विगत २५ वर्षसम्म वकीलहरुले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् । 

मृत्युदण्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र पाँच जना मेक्सिकालीलाई मृत्युदण्ड दिइएको छ । 

संयुक्तराज्य अमेरिकामा यस वर्षमात्र २० जनालाई मृत्युदण्ड दिइसकिएको छ, र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।