शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइजिपी भन्छन् : प्रहरीभित्र पनि केही खराब छन्, तिनलाई  छोड्दिनँ

आइजिपी भन्छन् : प्रहरीभित्र पनि केही खराब छन्, तिनलाई  छोड्दिनँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
साँखु -नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन्।

काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले यस्तो खुलासा गरेका हुन्। उनले भने, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।”

खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यसअघि नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले गाइरुको भीडमा केही गधाहरु रहेको र तीनले प्रहरी संगठनलाई प्रदुषित गर्ने प्रयास गरेको अभिव्यक्ति सार्वजनिक गरेका थिए। स्रोतका अनुसार व्यवसायिक आचरणविपरितका कार्य तथा आर्थिक चलखेलमा स‌ंलग्‍न हुनेहरूमाथि मुख्यालयबाटै निगरानी भइरहेको छ र रेकर्ड ट्रयाकिङ पनि गरिएको छ।

यसबारेमा थप बुझ्‍न खोज्दा प्रहरी प्रवक्ता एसएसपी सुवेदीले नेपाल समयसँग भने, 'त्यस्ता व्यक्तिका बारेमा निगरानी गर्ने र रेकर्ड ट्रयाकिङ गर्ने काम भइरहेको छ। बद्‌मासी पाइएमा फिल्डमा तत्कालै कारबाही गर्न पनि निर्देशन दिइएको छ।'

प्रहरी भूमिका र छविका बारेमा पछिल्लो समयमा अनेक प्रश्‍न र आशंका बढेपछि प्रहरी नेतृत्वले  संगठन शुद्धिकरण र सुदृढीकरण अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।