शनिबार, साउन ९, २०८३

नगरकोटका होटल व्यवसायी माइतीघरमा धर्नामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्थानीय तहले नगरकोट घुम्न जाने विदेशी पर्यटकसँग जथाभाबी कर असुलेको विरोधमा नगरकोटका होटल व्यवसायी बिहीबार काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्। दोहोरो करविरुद्ध नगरकोटका होटल व्यवसायी पछिल्लो एक महिनादेखि आन्दोलनमा छन्।

नगरकोट आउने विदेशी पर्यटकसँग चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले छुट्टाछट्टै कर असुल्न थालेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। नगरकोट राजधानी नजिक रहेको पर्यटकीय स्थल हो। मनोरम हिमाली दृश्यावलोकन, सूर्योदयको दृश्यका साथै शान्त वातावरणले गर्दा स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्न चाहन्छन्। विदेशी पर्यटकसँग चाँगुनारायण नगरपालिकाले प्रतिव्यक्ति तीन सय रुपैयाँ र मण्डनदेउपुर नगरपालिकाले तीन सय ३९ रुपैयाँ असुल्दै आएका छन्।

दोहोरो कर लिए पनि ती नगरपालिकाले नगरकोटको भौतिक संरचनाको विकासमा चासो दिएका छैनन्। भत्तलपुरको सल्लाघारीदेखि नगरकोटसम्मको करिब ३० किलोमिटर सडक जीर्ण छ भने नगरकोटमा खानेपानी अभाव छ। 

सरकारले सन् २०२० लाई पर्यटक वर्षका रूपमा मनाउने तयारी गरेको छ। यस क्रममा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने योजना छ। स्थानीय तहले पर्यटकसँग जथाभाबी कर असुल्दा पर्यटकमा नकारात्मक सन्देश जाने भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्।






 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।