शनिबार, साउन ९, २०८३

काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहीबार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।