शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बरामद एक क्विन्टल सुन जोख्न टक्सार महाशाखालाई सीआईबीको पत्र

बरामद एक क्विन्टल सुन जोख्न टक्सार महाशाखालाई सीआईबीको पत्र

महाशाखाले बरामद अवैध सुन जोख्न सीआईबीबाट पत्र आएको बताएको हो।
 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं– गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका बेला बरामद गरिएको अवैध एक क्विन्टल सुन जोख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र पठाएको छ।

महाशाखाले बरामद अवैध सुन जोख्न सीआईबीबाट पत्र आएको बताएको हो। सीआईबीबाट पत्र आए पनि राजस्व अनुसन्धान विभागबाट समेत पत्र आएपछि सुन जोखिने महाशाखाले जनाएको छ।

राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’बरामद गरेको थियो। मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो।

बरामद सुनको तौल यकिन गर्न राष्ट्र बैंक पठाइए पनि हालसम्म राजस्व विभागले पत्र नकाट्दा प्रक्रिया अगाडि नबढेको महाशाखाले स्पष्ट पारेको छ।

प्रकाशित: Aug 14, 2023| 13:02 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्