शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बरामद एक क्विन्टल सुन जोख्न टक्सार महाशाखालाई सीआईबीको पत्र

बरामद एक क्विन्टल सुन जोख्न टक्सार महाशाखालाई सीआईबीको पत्र

महाशाखाले बरामद अवैध सुन जोख्न सीआईबीबाट पत्र आएको बताएको हो।
 |  सोमबार, साउन २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

vianetvianet

काठमाडौं– गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका बेला बरामद गरिएको अवैध एक क्विन्टल सुन जोख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र पठाएको छ।

महाशाखाले बरामद अवैध सुन जोख्न सीआईबीबाट पत्र आएको बताएको हो। सीआईबीबाट पत्र आए पनि राजस्व अनुसन्धान विभागबाट समेत पत्र आएपछि सुन जोखिने महाशाखाले जनाएको छ।

राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’बरामद गरेको थियो। मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो।

बरामद सुनको तौल यकिन गर्न राष्ट्र बैंक पठाइए पनि हालसम्म राजस्व विभागले पत्र नकाट्दा प्रक्रिया अगाडि नबढेको महाशाखाले स्पष्ट पारेको छ।

प्रकाशित: Aug 14, 2023| 13:02 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।