शनिबार, साउन ९, २०८३

कसरी बने फोरमका कार्यकर्ता राजपाका महामन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कुनै एक पार्टीका कार्यकर्ता एकाएक अर्को पार्टीको महामन्त्रीमा मनोनित भए , सुन्दा पनि अचम्म लाग्छ । मधेसवादी दलहरुमा अहिले यस्तै अचम्मलाग्दो घट्ना भएको छ ।  बैशाख ७ २०७४ मा ६ वटा मधेसवादी दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले दुई साताअघि मात्रै महामन्त्रीमा नियुक्त गरेका दुई नेता संघीय समाजवादी फोरम नेपालमा पनि जिम्मेवार पदमा छन्।

राजापा नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तिहारअघि चार जना व्यक्तिलाई महासचिवमा नियुक्ति दिएका थिए। ति मध्ये दुई जना यस्तो व्यक्तिलाई महामन्त्री बनाए, जो अझै फोरममै छन्। व्यापारिक शहर वीरगञ्जका स्थायी वासिन्दा शशीकपुर मियाँ र पुरुषोत्तम झालाई ठाकुरले महामन्त्री बनाएका हुन्। 

महामन्त्री नियुक्त भएका दुवै जना गत स्थानीय तहको निर्वाचनमा बीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवार हुन नपाएपछि राजपा महामन्त्री परित्याग गरेका बिमल श्रीवास्तव निकट रहेको राजपाका एक अध्यक्षले बताए। महामन्त्रीममा नियुक्त मियाँ फोरमका जिल्ला अध्यक्ष थिए भने झा सचिव थिए। 

मधेशी जनअधिकार फोरम फुटेपछि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेका मियाँ र झा केही समयपछि फोरम गणतान्त्रिकमा प्रवेश गरी पुन संघीय समाजवादी फोरममा फर्किएका थिए। 

राजपा अध्यक्ष ठाकुरले चाडपर्वको मौकाम नियुक्ति पाएका चामध्ये एक जना विनोद सिंह पूर्वकर्मचारी हुन्, जसलाई अख्तियारले भ्रष्टाचारको मुद्धामा अनुसन्धान गरिरहेको छ। त्यस्तै, अध्यक्ष ठाकुरले जयप्रकाश ठाकुरलाई पनि महामन्त्री बनाएका छन्।

उनले सहमहामन्त्रीमा जनकपुरका परमेश्वर साह र अरविन्द साह र सप्तरीका कुमारदास मिश्रलाई नियुक्त गरेका छन्। तीनै जना राजापा गठन हुनुअघि ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता हुन्। ठाकुरले अध्यक्ष मण्डलका अन्य सदस्यहरुसँग सल्लाह नै नगरी धमाधम पदाधिकारी नियुक्त गरेपछि राजपाका पदाधिकारी यतिवेला ठाकुरसँग रुष्ट बनेका छन्।

अध्यक्ष ठाकुरले भने पार्टी एकता हुँदा तमलोपा परित्याग गरेका पदाधिकारीको ठाउँमा उनीहरुलाई नियुक्त गरेको दाबी गरेका छन्। पार्टी एकीकरणपछि तमलोपा पृष्ठभूमि भएका राजपाका सहअध्यक्ष हृदयेस त्रिपाठी, महामन्त्री विमल श्रीवास्तव, महामन्त्री जंगीलाल राय, अभिषेक प्रताप साह, इश्वरदायल मिश्र लगायतले पार्टी परित्याग गरेका थिए।

राजपाको विधानमा प्रत्येक २/२ महिनामा अध्यक्ष मण्डल परिवर्तन हुने भन्ने लेखिएको छ। तर, सहमति र समझादारीको आधारमा भन्दै भन्दै अध्यक्ष मण्डलका अन्य सदस्यहरुले सदासायता देखाउँदै ठाकुरलाई संयोजकमा रहन दिएका थिए।  ‘बाँकी सबै अध्यक्षले ठिकै छ नि त भनेर महन्थलाई छोडिदिएका हुन्’, एक अध्यक्ष मण्डलका सदस्य भन्छन,‘तर हाम्रो विश्वासलाई उहाँले तोड्नु भयो र सुरुदेखि नै ज्यादति गर्दै आउनु भएको छ।’

स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा उम्मेदवार भएकाहरुमा पनि पुरानो तमलोपाका उम्मेदवारलाई बढी पैशा दिएको गुनासो अन्य पार्टीबाट राजपामा आएका उम्मेदवारले गुनासो गरेका थिए।

प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारहरुको नाम राख्दा चार जना सबै तमलोपा पृष्ठमभूमिका थिए। राष्ट्रिय सभामा पनि एउटा पुरुष र एउटा महिला पठाउने कुरा थियो तर ठाकुरले तमलोपाका बृषेषचन्द्र लाललाई पार्न पुरुष नै उम्मेदवार उठाए। 

कांग्रेसलाई महिला उम्मेदवार दिन भन्दै आफूहरुले पुरुष दिने सहमति गराए। जवकी संघीय संसदको निर्वाचनमा राजेन्द्र महतोलाई हराउन बृषेशले पुरै भूमिका खेलेको आरोप लाग्ने गरेको छ। पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको भएपनि लाललाई राष्ट्रिय सभा सदस्य बनाइएको घटनाबाट सबैभन्दा बढी रुष्ट राजेन्द्र महतो छन्। 

२ नम्बर प्रदेशको मन्त्री बनाउने र संसदीय दलको नेता चयनमा पनि ठाकुरले मोनोपोली गरेको आरोप छ। उनले संसदीय दलको नेता पनि आफ्नै मान्छेलाई दिए। जवकी संसदीय दलको नेता जो बन्छ त्यो मन्त्री नबन्ने भन्ने थियो। तर उनले संसदीय दलको नेता भएका जितेन्द्र सोनललाई फेरि मन्त्री पनि दिए।

तीन जना मन्त्री बनाउँदा एक जना आफ्नो मान्छे त राखे राखे पछि राज्य मन्त्री छान्ने बेलामा पनि आफ्नै तमलोपाका मात्र दुइ जनालाई छाने। तीन जना राज्यमन्त्रीमध्ये। जवकी उनको भागमा एक जना मन्त्री राज्यमन्त्री पर्ने थिएन्।

६ वटा पार्टी थियो, सबैलाई एक एक वटा मन्त्री दिने कुरा थियो। सुरेश मण्डल र अभिराम शर्मा दुवै राज्यमन्त्री तमलोपाका हुन्। राज्यमन्त्री शर्मामाथि जलेश्वर घटनाको मुद्धा पनि छ, शसस्त्र प्रहरी थमन बिक हत्या प्रकरणमा। त्यसअघि सचेतक पनि परमेश्वर साहलाई बनाए। नीति आयोगमा पनि सहमहासचिव सुरेन्द्र झालाई पठाए। यि सबै पूर्व तमलोपाका नेता हुन्। 

आफ्नै पार्टीका रामप्रवेश बैठालाई प्रदेश नामकरण समितिको सदस्यमा पठाए। जसले सर्वोच्च अदालतमा पार्टी बिरुद्ध मुद्धा पनि हालेका थिए। संयोजक सहमतिको रुपमा ठाकुरलाई मानेको हो । तर उनले अरुलाई सहमतिमा नलिइ काम गरेका छन्। यो बिषयमा असहमति राख्ने योजनामा अध्यक्ष मण्डललका नेताहरु पुगेका छन्। उनीहरुले अध्यक्ष मण्डलको बैठक पनि चाँडै बोलाउन माग गरेका छन्। 

संसदीय दलको नेता चयनको लागि निर्वाचनको माग गर्दा समेत ठाकुरले राजी देखाएनन। उनले अन्त्यमा आफ्नै नाममा सर्वसम्मत हुने भएपछि संसदीय दलको नेताको चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्न अनुमति दिएका थिए। राजपा संसदीय दलमा ठाकुर अल्पमतमा छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।