बिहीबार, साउन १, २०८२

भन्सार प्रक्रियामा सहजीकरण आवश्यक छ : निजी क्षेत्र

 |  आइतबार, साउन २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

vianetvianet

काठमाडौं- नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज बनाइनुपर्ने र अवैध चोरी पैठारी रोकिनुपर्ने सुझाव निजी क्षेत्रले दिएको छ।

भन्सार विभागद्वारा आज काठमाडौँमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा निजी क्षेत्रबाट यस्तो सुझाव आएको छ। गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताए।

उनले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रहसमेत गरे। विश्वका अन्य मुलुकमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै अध्यक्ष ढकालले यसको पुनरावलोकन गर्न आवश्यक रहेको बताए।

‘विश्वका २३ वटा मुलुकमा निर्यातका लागि कागजात तयार गर्दा एक घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच पास गर्दा एक घण्टा, १७ मुलुकमा निर्यातका लागि शून्य लागत, १६ मुलुकमा सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ। हाम्रो छिमेकी राष्ट्र भुटानमा समेत आयात र निर्यातमा समान समय लाग्छ। तर, नेपालमा भन्सारमा ११ घण्टा लाग्ने गरेको छ,’ उनले भने, ‘यसलाई नघटाई निर्यात प्रवर्द्धन हुन सक्दैन ।’

अध्यक्ष ढकालले विश्व बैंकको एउटा प्रतिवेदनले कच्चा पदार्थमा भन्सार महशुल छुट, पुँजीगत सबै वस्तुमा भन्सार छुट वा अर्ध प्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे।
अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकलद्वार प्रणाली लागु गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुको परीक्षण भन्सार विन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेशिन जस्ता न्यूनतम प्रविधिको प्रयोग गरी भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताए।

प्रकाशित: Aug 13, 2023| 19:42 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्