शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ: अर्थमन्त्री महत

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ: अर्थमन्त्री महत

 |  आइतबार, साउन २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

vianetvianet

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन्।

भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भने, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ। मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ।’

हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे। उनले भने, 'मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ। राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ। यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन। कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्छ।'

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे। वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, 'त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौ त्यत्तिकै थन्काइए राखिएको छ। त्यसको प्रयोग भयो भने हाम्रो के काम? भन्ने कुरा कर्मचारीबाट सुनियो। अब त्यसरी हुँदैन। अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ।’

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए। ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन’ मन्त्री डा. महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’

 

प्रकाशित: Aug 13, 2023| 16:23 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्