म्याग्दी-पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दी पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शहीद परिवारलाई भेटेका छन् ।
पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुगेका थिए। तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा भेट्ने अवसर जुरेको हो । पत्नी सीता दाहालको नशासम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरी उपचार गर्न म्याग्दी पुगेका नेता दाहाल र कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणका क्रममा पुगेका गृहमन्त्री थापा गाउँमा शहीद परिवार भेट्न पुगेका हुन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य लिएका गुमाका पती नन्दबहादुर खड्कालाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँ र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते शिखमा गिरफ्तार गरी तत्कालीन राज्य पक्षबाट हत्या गरिएको थियो । “जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ, मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनका लागि नेतृत्व गर्ने नेतालाई पहिलोपटक भेट्न पाउँदा खुशी लाग्यो,” खड्काले भनिन्, “अब जनताका लागि विकास दिन सक्नुपर्छ नेताहरुले ।”
“हामीमाँझ शहीद परिवारका सदस्य पनि हुनुहुन्छ, परिवर्तनको निम्ति उहाँहरुको योगदान अतुलनीय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडि बढ्छौँ”, नेकपा अध्यक्ष दाहालले भने । उनले लामो सङ्घर्ष र बलिदानीले मात्रै स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको बताए ।
आग्रह गर्नुभयो । गत सोमबार म्याग्दी आउनुभएका अध्यक्ष दाहाल र गृहमन्त्री थापा आज काठमाडौँ फर्कनुभएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४