भारतीय जनता पार्टी (बीजेपी)की एक महिला नेतृले आत्महत्या गरेकी छन्। सहकर्मीसँगको अन्तरंग तस्बिर सार्वजनिक भएपछि उनले आत्महत्या गरेको बताइएको छ।
उक्त तस्बिरमा रहेका पुरुष नेतालाई बीजेपीले पार्टीबाट हटाएको जनाएको छ। ती महिला नेतृले निद्राको औषधिको ओभरडोज लिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन्।
प्रहरीले जाँचका क्रममा बीजेपीकै नेताहरुका साथ उनको त्यस्तो तस्बिर भेटाएको हो। बीजेपीले ती पुरुष नेतालाई बर्खास्त गरे पनि प्रहरीले पक्राउ भने गरेको छैन।