बिहीबार, जेठ २८, २०८३

पहिरोले १२ राजमार्ग अवरुद्ध

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

काठमाडौं-  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरका १२ सडक अवरुद्ध भएका छन्।

National life

पाँचथरको तमोर करीडोर बाढीका कारण अवरुद्ध रहेको छ। त्यसैगरी मदन भण्डारी राजमार्गको उदयपुर खण्ड पहिरोका कारण अवरुद्ध रहेको छ भने पासाङ ल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडक खण्ड पनि अवरुद्ध भएको छ।

यता मकवानपुरमा कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड पहिरोले अवरुद्ध रहँदा पृथ्वी लोकमार्गको धादिङ खण्ड पहिरोकै कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ। उता म्याग्दीमा बेनी जोमसोम सडकखण्डमा पहिरो आउँदा बाटो अवरुद्ध भएको छ भने पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ। बेनी जोमसोम सडकको मुस्ताङमा पहिरो गएको छ भने पहिरोकै कारण बेशीँसहर मनाङ सडक खण्ड अवरुद्ध रहेको छ।

त्यस्तै अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थवाङ घोराही सडक खण्ड अवरुद्ध भएको छ, भने सुर्खेत दैलेख सडक खण्ड पनि एकतर्फ मात्र सञ्चालनमा आएको छ। कैलालीको भीमदत्त राजमार्ग भने पहिरोले पूर्ण अवरुद्ध रहेको छ। देशभर भारी वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा बाटोको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक महाशाखाले अनुरोध गरेको छ।

 

Shivam cement

प्रकाशित: Aug 13, 2023| 12:44 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्