बिहीबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तेह्रथुममा श्रीमतीको हत्या गरी सुँगुरको खोरभित्र शव गाडेका राजकुमार काँकडभिट्टामा समातिए

तेह्रथुममा श्रीमतीको हत्या गरी सुँगुरको खोरभित्र शव गाडेका राजकुमार काँकडभिट्टामा समातिए

 |  आइतबार, साउन २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

vianetvianet

श्रीमतीको हत्या गरी सुँगुरको खोरभित्र शव गाडेर फरार भएका भनिएका तेह्रथुमका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ।

तेह्रथुमको आठराई गाउँपालिका-१ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको काँकडभिट्टाबाट पक्राउ गरेर तेह्रथुम प्रहरीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काँकरभिट्टाबाट शनिबार अपराह्न पक्राउ गरिएको हो। काँकडभिट्टाको एउटा होटलमा लुकेर बसेको अवस्थामा श्रेष्ठ पक्राउ परेका हुन्।

साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो। घटनापछि श्रीमान् राजकुमार सम्पर्कविहीन थिए।

प्रकाशित: Aug 13, 2023| 12:40 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्