बिहीबार, जेठ २८, २०८३

वर्षाले उडान प्रभावित, गृहजिल्लामा रोकिए प्रधानमन्त्री

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

काठमाडौं- गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्।

National life

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए। उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन्। साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ। बुद्ध एयरका काठमाडौं–पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौं–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन्।

यसैबीच  मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनमा रोकिएका छन्। शक्रबार भरतपुर पुगेका प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

उनी आज बिहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने  तयारी थियो। तर मौसम बिग्रिएका कारण जहाज उड्न सकेको छैन।

Shivam cement

प्रकाशित: Aug 13, 2023| 12:15 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्