बिहीबार, जेठ २८, २०८३

उत्तरी गोरखाको झोङगाउँका १० घर पहिराको जोखिममा

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

गोरखा- केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको  पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन्। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको जानकारी दिए।

National life

पहिरासँगै आएको ढुंगासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ। त्यस्तै पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उनको भनाइ छ। 'पहिराले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छ', अध्यक्ष लामाले भने, 'घर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन्।'

पहिरा रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताए। प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उनको भनाइ छ।

 

प्रकाशित: Aug 13, 2023| 12:10 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्