बिहीबार, जेठ २८, २०८३

कहाँ-कहाँ छ बाढीपहिरोको जोखिम ?

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

आज बिहानैदेखि देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कतै आंशिक त कतै भारी र केही स्थानमा त धेरै भारी वर्षा भइरहेको छ।

National life

देशभरका १० नदीमा जल सतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी, त्रिशूली, मर्स्याङ्दी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती, पश्चिम राप्ति नदीमा जल सतह सतर्कता तह आसपास पुग्ने सम्भावना छ।

बबई नदीमा जल सतह सतर्कता तह नाघ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। त्यस्तै ४५ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

ईलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, बाग्लुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पुर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स-साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।

सुर्खेत, दैलेख, अछाम, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जानकारी दिएको छ। साथै मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने सक्ने भएकाले सामान्य सतर्कता अपनाउन भनिएको छ।

Shivam cement

आज दिउँसो र राति सातै प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

नेपाल बाढी अलर्टले आज बिहान ९ बजे जारी गरेको सूचनाअनुसार पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौंडा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएकोले सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनेले दिउँसोसम्म सतर्कता अपनाउनु पर्नेछ।

यसैगरी बागमती, नारायणी, कर्णाली, पश्‍चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरुको जल सतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मर्स्याङ्दी नदी, बिमलनगर बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह (१०.० मि) आसपास रहेको र बढ्दो रहेकोले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा रहनेले दिउँसो १ बजेसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित: Aug 13, 2023| 10:19 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्