शनिबार, साउन ९, २०८३

‘प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताएका छन् । 

पार्टीको प्रवास विभागद्वारा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले बाहिर रहेका प्रवासीले आफ्नो मुलुकको विकास निर्माणका साथै निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए। 

पार्टी सङ्गठनलाई महत्व दिई उच्च मनोबलका साथ सङ्गठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टीको नीति तथा कार्यक्रमलाई देशव्यापी अभियानमा लैजानु अहिलेको मुख्य कार्यभार भएको विचार व्यक्त गरे। 

अध्यक्ष थापाले हिन्दू राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतीकका रुपमा रहेको ‘गाई’लाई चुनाव चिन्ह्का रुपमा पार्टीले छाड्न नसक्ने प्रष्ट पारे। पार्टी एकताका निमित्त सदैव ढोका खुला छ भन्दै उनले कार्यकर्ताको भावनाको सम्मान गर्न आफ्नो दल एकताका निम्ति सकारात्मक रहेको बताए। 

विभागका प्रमुख विजय खड्काले आगामी निर्वाचनमा प्रवासी नेपालीको मताधिकारको रक्षाका निम्ति सङ्गठनले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने बताएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।