बिहीबार, जेठ २८, २०८३

माछाका 'ह्याचलि'मा  किसान आकर्षित

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

चितवन- चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन्। कार्यालयले आर्थिक वर्ष २०७९–८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो। 

National life

यस्तै, ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले जानकारी दिए।

कार्यालयले सिल्भर कार्प, बिगहेड कार्प, ग्रोसकार्प, रहु, नैनी, भ्याकुर, पङ्गासियस र टिलापिया जातका माछाका भुरा उत्पादन र वितरण गर्ने गरेको छ।

गत वर्ष कार्यालयले भुरा र माछा बिक्री गेरर ४५ लाख राजस्व सङ्कलन गरेको उनले जानकारी दिए। उनका अनुसार कार्यालयबाट गत वर्ष छ सय ५०  किसान लाभान्वित भएका छन्।

बागमती प्रदेशको १३ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयबाट बागमती प्रदेशसँगै अन्य प्रदेशका किसानले पनि सेवा लिने गरेका छन्। उच्च गुणस्तरका हुने भएकाले यहाँ माछाका भुरा लिनका लागि नवलपुर, गोरखा, बारा, पर्सालगायतका जिल्लाबाट पनि कृषक आउने गरेका छन्।

Shivam cement

कार्यालयले फ्राइ जातको २५ पैसा र फिङ्गरिङको ७५ पैसा प्रतिभुरा लिने गरेको छ। केन्द्रमा ३६  पोखरी निर्माण गरिएको छ। यसमा माउ पोखरी ६ वटा रहेका छन्। अरु सबै नर्सरी पोखरी हुन्। 

कार्यालयले खाने माछासमेत उत्पादन गरेर बिक्री गर्दै आइरहेको छ। वार्षिक एकदेखि दुई टन माछा कार्यालयले बिक्री गर्दै आइरहेको मत्स्य विकास अधिकृत डा. गणेश अधिकारीले जानकारी दिए।

उनले कार्यालयले पछिल्लो समय माछा बिक्रीभन्दा पनि भुरा उत्पादनलाई जोड दिएको बताए। केन्द्रलाई शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रको रूपमा समेत विकास गर्दै लगिएको उनको भनाइ छ। कार्यालयले कृषकलाई माछासम्बन्धी तालिम र परामर्श सेवासमेत दिँदै आएको छ। 

प्रकाशित: Aug 13, 2023| 09:30 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्