मंगलबार, साउन १२, २०८३

टाउको पुलमुनि, शरीर सात किलोमिटर टाढा भेटियो

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

सर्लाहीको हरिवन–४ स्थित लखन्देही पुलमुनि बिहीबार बिहान टाउको फेला परेका युवकको शरीर दुई दिनपछि झन्डै ७ किलोमिटर परको जंगलमा फेला परेको छ।

टाउकोबाट अलग्गिएको युवकको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा फेला परेको हो। पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिणमा युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। हिजो टाउको फेला परेपछि शव खोज्नका लागि प्रहरी परिचालन गरिएको थियो। मृतक भारतको सीतामढी जिल्ला मनियारी बस्ने २३ वर्षीय गोलु भनिने अभिषेख राज हुन्। गोलु साउन २० गते आफ्ना ४ जना साथीसँग नेपाल घुम्न आएका थिए। गोलुसँग आएका चारै जना युवक फरार छन्। गोलुको हत्या सँगै आएका साथीहरुले गरेको प्रहरीको अनुमान छ।

मृतकसहित पाँचै जनामाथि भारतमा हत्या लगायतका अभियोग दर्ता रहेको खुलेको छ। उनीहरु भारतीय प्रहरीको 'वान्टेड' सूचीमा छन्। मृतक गोलु पनि केही दिनअघि भारतमा एक व्यक्तिलाई गोली हानेर फरारको सूचीमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 13, 2023| 07:33 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्