बिहीबार, जेठ २८, २०८३

केरलाको नाम केरलम राख्न प्रस्ताव

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं- भारतको केरला राज्यका मुख्यमन्त्री पिनाराई विजयनले राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेका छन्। विधान सभामा प्रस्ताव प्रस्तुत गर्दै उनले केरलाको आधिकारिक नाम परिवर्तन गरेर  ‘केरलम’ राख्नुपर्ने बताएका हुन्।

National life

सीएम विजयनले भने, ‘यस सदनमा नियम ११८ अन्तर्गत एउटा प्रस्ताव पेस गरिएको छ। केन्द्र सरकारलाई हाम्रो राज्यको आधिकारिक नाम परिवर्तन गरेर भारतको संविधानको आठौं अनुसूचीमा समावेश सबै भाषाहरूमा ‘केरलम’ गर्न अनुरोध गर्दछु। हाम्रो राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलाको रूपमा सूचीबद्ध छ। यो सभाले सर्वसम्मतिले संविधानको धारा ३ अन्तर्गत ‘केरलम’लाई संशोधन गर्न तत्काल कदम चाल्न केन्द्र सरकारलाई अनुरोध गर्दछु। यो सदनले हाम्रो राज्यलाई संविधानको आठौं अनुसूचीमा उल्लिखित सबै भाषाहरूमा ‘केरलम’ नाम दिन पनि अनुरोध गर्दछ।'

केरलालाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहन्छ। वर्षौंको प्रयासपछि केरलाले यसका धेरै सहरहरूको मूल नाममा फर्काएको छ। यसमा राजधानी त्रिवेन्द्रम पनि समावेश छ, जसलाई अहिले तिरुवनन्तपुरम भनिन्छ। यससँगै कोचीनको नाम कोच्चि, कोल्लमको क्विलोन र त्रिचुरको त्रिशूरमा परिवर्तन गरिएको थियो ।

 

प्रकाशित: Aug 12, 2023| 16:56 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्