बिहीबार, जेठ २८, २०८३

सुक्खा पहिरोमा खसेको ढुंगा लाग्दा प्रहरीको मृत्यु

भैंसे प्रहरी चौकीमा कार्यरत २२ वर्षीय जवान कीर्तिबहादुर नेपालीको सुक्खा पहिरोमा खसेको ढुंगा लागेर मृत्यु भएको मकवानपुर प्रहरीको पुष्टि। 
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

मनहरी (मकवानपुर)– मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुंगा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

National life

प्रहरी चौकी भैंसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको सुक्खा पहिरोमा खसेको ढुंगा लागेर शुक्रबार बेलुकी मृत्यु भएको हो। 

भीमफेदी गाउँपालिका–२ भैंसेमा सुक्खा पहिरोसँगै खसेको ढुंगाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए।

‘बिहीबार भैंसेस्थित प्रहरी पोस्टमा काम गरिरहेको समय उहाँ चिप्लिएर घाइते हुनुभएको थियो’, उनले भने, ‘हेटौंडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल लगिएको थियो।’

नेपालीसँगै प्रहरी जवान सुनिल मेचे घाइते भए पनि उनको अवस्था सामान्य रहेको कार्कीले बताए।

Shivam cement

मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनको शव आज परिवारलाई जिम्मा लगाई जाजरकोट पठाइँदै गरेको इरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।–रासस

प्रकाशित: Aug 12, 2023| 17:59 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्