मंगलबार, साउन १२, २०८३

माछा मार्न सेती गएका युवा बेपत्ता

सेतीमा शुक्रबार बेलुकी माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका हुन्।
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

बझाङ– बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन्। 

दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार बेलुकी माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका हुन्।

बेपत्ता बमले दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। बमको खोजी निरन्तर भइरहेको प्रहरीले जनाएको छ।–रासस

प्रकाशित: Aug 12, 2023| 17:45 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्