सिरहा– सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमान्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो।
बा१२प १६३७ नंको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको २ लाख २० हजार र भारतीय रकम ४६ हजार १ सय, मोरटसाइकलमा लुकाएर राखेको ६ लाख गरी जम्मा ८ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो।
साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले बताए।–रासस