काठमाडौं- कपनमा डोजर चलाउने विषयमा सरोकारवाला निकायबीच तीन बुँदे सहमतिपछि काठमाडौँ महानगरपालिकाले कपनमा डोजर चलाएको छ।
नापी कार्यालय चाबहिलमा शुक्रबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौं महानगरपालिका वडा नम्बर ६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्ने सम्बन्धमा छलफल भएको थियो।
सो क्रममा वडा ६ र ७ का वडा अध्यक्ष र बूढानीलकण्ड नगरपालिका १० र १२ का वडा अध्यक्षबीच धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ।