बिहीबार, जेठ २८, २०८३

सांसद शर्मालाई थुनामा नराख्न अदालतको आदेश

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको योग्यता हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको छ।

National life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो।

शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। शर्माकै समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान अनुमति दिएको छ। शर्मा प्रतिनिधि सभा सदस्यसमेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा प्रहरीले हालसम्म ८ जना चिकित्सकलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सांसदसमेत रहेका सुनिल शर्मा, रामबाबु यादव, रञ्जित यादव, एलिना साह, अमित चौधरी, श्रद्धा शिल्पकार, मनित चौधरी र पुनम  थापा चौधरी छन्।

प्रकाशित: Aug 11, 2023| 18:11 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्