बिहीबार, जेठ २८, २०८३

देशकै सबैभन्दा होची मालतीले पाइन् नागरिकता

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०
National life
Shivam cement

सुन्दरहरैँचा- मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्।

मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन्। उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ। विसं २०५६ भदौ १८ गते जन्मिएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिएको वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिए।

नगरपालिकाले मासिक चार हजार भत्ता दिँदै आएको र उनको आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गरे।

प्रकाशित: Aug 11, 2023| 22:23 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्