बिहीबार, जेठ २८, २०८३

मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

दाङ- दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

National life

विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो।

मोटरसाइकल चोरी गर्ने तीन र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको उक्तकार्यालयका प्रमुख प्रहरी तथा नायब प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–४ बस्ने १९ वर्षीय विशाल बुढा, सोही ठाउँ बस्ने २८ वर्षीय प्रशान्त खड्का, जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका–१० थापाचौर घर भएका २८ वर्षीय मोहन भन्ने मुस्कान घर्ती रहेका छन्।

मुस्कान घर्तीको योजनामा मोटरसाइकल चोरी गरेको भन्ने खुलेपछि अनुसन्धान गर्दै जाँदा सल्यान शारदा नगरपालिका–९ सुनचौर भन्ने स्थानमा लुकाई राखेको अवस्थामा सल्यान जिल्ला प्रहरी कार्यालयको सहयोगमा रा७प ३०८४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएकोे नायब प्रहरी उपरीक्षक मल्लले बताए।

यसैबीच स्कुटी चोरी गर्ने तीन जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ घर भई हाल वडा नं ५ बस्ने १६ वर्षीय सङ्केत, तुलसीपुर उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सन्तोष परियार र दङ्गीशरण गाउँपालिका वडा नं ६ बस्ने १९ वर्षीय नविन परियार रहेका छन्।

Shivam cement

यही साउन २० गते तुलसीपुर उपमहानगरपालिका– ९ स्थित सोही ठाउँ बस्ने लिना कठायतको रा८प ८४२ नम्बरको स्कुटी आफ्नै घरमा राखेको अवस्थामा च्यानल गेटको ताला फोडेर चोरी गरिएको थियो। भोलिपल्टै निजले दङ्गीशरण गाउँपालिका–६ बस्ने १९ वर्षीय नविन परियारलाई रु दस हजारमा उक्त स्कुटी बिक्री गरेका थिए। नविनले स्कुटी खरिद गरेर घरको कोठामा लुकाइछिपाइ राखेको अवस्था प्रहरीले बरामद गरेको थियो।

पक्राउ परेका उनीहरूलाई चोरीसम्बन्धी कसुर मुद्दा दर्ता गराएर जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रमुख मल्लले जानकारी दिए। 

प्रकाशित: Aug 11, 2023| 21:21 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्