आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रज्ञा प्रतिष्ठानले मातृभाषा साहित्यबारे नियमित विमर्श गर्ने

प्रज्ञा प्रतिष्ठानले मातृभाषा साहित्यबारे नियमित विमर्श गर्ने

 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा साहित्यबारे नियमित विमर्श गर्ने संस्कृतिको थालनी गरेको छ। यसअघि मातृभाषा दिवसको दिन मातृभाषामा कवि गोष्ठीको आयोजना गर्दै आएको प्रतिष्ठानले आजदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार ‘मातृभाषा साहित्य शृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रमको आयोजना गर्ने भएको छ।

प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रममा बोल्दै ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मुल नाराका साथ हामी अघि बढिरहेको बताए। उनले अब हरेक महिनाको अन्तिम शुक्रबार नेपालका सम्पुर्ण मातृभाषा साहित्यको पालैपालो यसरी नै सिर्जना, संवाद र विमर्श हुने बताए। मातृभाषा विभागको आयोजनामा भएको उक्त श्रृखलाको श्रीगणेश भने धिमाल भाषाबाट भएको छ।  कार्यक्रममा डा. सोमबहादुर धिमालले आफ्नो प्रस्तुती दिएका थिए।

कार्यक्रममा प्राज्ञ राजन मुकारुगंले भने, ‘नयाँ कार्यक्रमको सुरुवात गर्यौ अब यसलाई निरन्तरता दिऔँ र मातृभाषा साहित्यका बारे विमर्श गर्ने संस्कृति निर्माण गरौँ।’

 

प्रकाशित: Aug 11, 2023| 16:41 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्