बिहीबार, जेठ २८, २०८३

बाँदर धपाउन बोकेको बन्दुक पड्किँदा आफ्नै मृत्यु

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०
National life
Shivam cement

बाँदर धपाउन बोकेको भरुवा बन्दुक पड्केर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका-७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको मृत्यु भएको हो।

आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार बिहान पदम घरमा राखेको बन्दुक बोकेर बाँदर धपाउन हिँडेका थिए। उनी बारीमा चिप्लिएपछि एकनाले बन्दुक आफैं पड्किएको र गोली उनको कोखामा लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले बताएको छ।

घाइते भएका केसीलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएकोमा लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Aug 11, 2023| 16:01 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्