बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गौर हत्याकाण्डका पीडितसँग सरकारले गरेको सहमति बदनियतपूर्ण: जसपा

गौर हत्याकाण्डका पीडितसँग सरकारले गरेको सहमति बदनियतपूर्ण: जसपा

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ। जसपाले आज पत्रकार सम्मेलन गरेर सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको हो।

National life

पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे। उननले भने, ‘अचानक मुद्दाको उठान गरेर हामीलाई फसाउने काम भयो। यसैसँग सम्बन्धित अन्य प्रतिवेदन लुकाएर सरकारले बदनियतपूर्ण व्यवहार गरेको छ।’ गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए।

जसपाले गौर हत्याकाण्डका बारेमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति छानबिन गर्न पनि माग गरेको छ। अब सरकारमा रहने-नहरने निर्णय सरकार पक्षको व्यवहार हेरेर लिने उसको भनाइ छ।

तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी केन्द्रको द्वन्द्वका क्रममा २०६३ चैत ७ गते गौरको राइस मिलमा भएको हिंसात्मक झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँच बुँदे सहमति भएको थियो।

 

Shivam cement

प्रकाशित: Aug 11, 2023| 15:40 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्